कृृषिलाई व्यवसायिक गरेर औद्योगिकरण गरिएमात्र आर्थिक रुपान्तरण : मुख्यमन्त्री राई


 


झापा, पुस १८

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यवसायिक गरि औद्योगिकरण गरिएमात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने बताउनु भएको छ ।

आज झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्धारा प्रवद्धित नमुना सहकारी खेती अवलोकन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले  कृषि औद्योगिकरण गर्न प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो,–‘कृषिको विकास विना मुलुक समृद्धि हुन सक्दैन् ।’ महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका हरेक गतिविधिले उदाहरणीय र प्रदेशको गहना भएको मुख्यमन्त्री राईको भनाई थियो ।

सहकारीमार्फत मुलुकको समृद्धिको यात्रालाई पूरा गराउन सहकारीकर्मीहरुको भूमिका महत्वपूर्ण हुने जोड दिनुभयो । सोहि कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कृर्षिको रुपान्तरण,आधुनिकरण विना आर्थिक समृद्धि पूरा नहुने बताउनुभयो ।

कार्यक्रममा संस्थाद्धारा प्रर्वदित हल्दिवारी साना किसान सहकारी संस्था र मोरङ्ग साना किसान सहकारीद्धारा प्रर्वद्धानात्मक केरौन साना किसान सहकारी संस्थाको प्रमाणपत्र समेत हस्तान्तरण गरिनुका साथै संस्थामा आवद्ध कृषि बैज्ञानिक रामशिस साहलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष मिना ढकालले बताउनुभयो ।

प्रकाशित मिति: १८ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्