भोजपुरमा रुखले किच्दा एकको मृत्यु


 


भोजपुर, पुस १७
भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिनुभयो ।

आवश्यक प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि सुङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाएको माझीको भनाइ छ ।

प्रकाशित मिति: १८ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्