उर्लाबारी रेडक्रसको सभापति पुन : मदनबाबु


 


उर्लाबारी, पुस १८

मोरङको उर्लाबारीस्थित नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको सभापतिमा पुन : मदनबाबु प्रसाई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यक्रम अनुसार हिजो साँझ सार्वजनिक उम्मेद्वारको अन्तिम नामावली अनुसार सभापतिमा प्रसाईको मात्र उम्मेद्वारी परेपछी उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो । सभापतिमा यसअघि चन्द्रबहादुर भट्टराई र एलबी तामाङले उम्मेद्वारी दिएपनि हिजो फिर्ता लिनुभएको थियो ।

यसैगरी महिला सदस्य पदमा रुपा निरौला पनि सर्वसम्मत निर्वाचिन हुनुभएको निर्वाचन अधिकृत दिनेश सुबेदीले जानकारी दिनुभयो । उपशाखाको ८ जना सदस्य पदमा गणेश खत्री, गणेश दुलाल, हरिबाबु दाहाल, मेघराज श्रीपाली, लिलाराज प्रधान, पूर्णबहादुर सुनवार, पवन भट्टराई र चेतन सिग्देल निर्वाचित हुनुभएको छ ।

 

प्रकाशित मिति: १८ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्