उदयपुरमा सात वर्षयता माछा उत्पादनमा वृद्धि


 


उदयपुर, पुस १६

२१ वर्ष अघि व्यावसायिकरूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ ।

गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो । त्यस्तै दुई वर्षअघि करीब ७५ क्विन्टल माछा उत्पादन भएको थियो । पाँच वर्षअघि जिल्लामा २९ हेक्टरमा माछापालन गरिएको थियो भने हाल विस्तार भएर ५५ हेक्टर पुगेको केन्द्र, माछापालन विभागका प्रमुख यादव बताउनुहुन्छ ।

त्यस्तै पाँच वर्षअघि १५० कृषक मात्र माछापालनमा संलग्न थिए । अहिले २५२ कृषक प्रत्यक्षरूपमा व्यावसायिकरूपमा संलग्न छन् । जिल्लामा केन्द्रले हिउँदको सुक्खायाममा पोखरीमा हुने पानीको अभावबाट माछा बचाउन अक्सिजन उत्पादन गर्ने एरियटर मेशिनसमेत व्यवस्थापन गरिदिएपछि वर्षेनी माछापालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको र माछासमेत राम्ररी उत्पादन हुँदै गएको केन्द्रका प्रमुख सरोजकान्त अधिकारी बताउनुहुन्छ । रासस

प्रकाशित मिति: १६ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्