दुई वटा रेल किन्दै सरकार


 


काठमाडौँ, पुस १६

यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड ३५ किमिमा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताउनुभएको छ ।
मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उहाँले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उहाँले भन्नुभयो,‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताउनुभयो।

दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उहाँले भन्नुभयो, ‘तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’ रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ ।

प्रकाशित मिति: १६ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्