गुराँस इन्सुरेन्सले गर्यो बीमा दाबीको भुक्तानी


 


झापा, पुस १५

गुराँस लाइफ इन्सुरेन्स कम्पनी क्षेत्रीय कार्यालयले बीमित झापा भद्रपुर–८ निवासी स्व किस्मत प्रधानको घरमै गएर आज उहाँका परिवारलाई बीमाबापतको रकम रु २० लाख ४९ हजार हस्तान्तरण गरेको छ ।

किस्मतले गत असारमा अभिकर्ता कमला राईमार्फत इलाममा रु १० लाखको जीवन बीमा र रु १० लाखको दुर्घटना बीमा गर्नुभएको थियो । गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएकाले पाउने बीमाबापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीको टोली घरमै पुगेर पिता कृष्ण प्रधानलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त कम्पनीले चालू आवको साउनयता रु एक करोडभन्दा बढी बीमाको भुक्तानी गरिसकेको प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १५ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्