मोरङमा कृषिमा आधुनिक उपकरण


 


विराटनगर, पुस १४

पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ ।

खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुनथालेकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । सङ्घीय र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमार्फत किसानलाई सिँचाइ गर्न, खेत जोत्न, मकै छर्न, धान रोप्न र धान काटनका लागि आधुनिक उपकरणमा अनुुदान दिएकाले परम्परागत कृषि औजार लोप हुँदै गएको छ ।

ठूलो आकारका उपकरणले एक घण्टामा दुुई बिघा धान काट्नाका साथै धान दाउनीसमेत गर्ने भएकाले अहिले खेतबाटै किसानले घरमा धान भित्र्याउने गरेका छन् ।

रङ्गेली नगरपालिका–४ का किसान शिवराम मण्डलले विगतका वर्षमा खेतीबाट धान भित्र्याउन दुई हप्ता लाग्ने गरेकामा यस वर्ष आधुनिक उपकरणको प्रयोग गरेका कारण धान काटेको दुुई घण्टामै घर भित्र्याइएको र धान काट्न मजदूर नपाउने समस्या पनि टरेको बताउनुुभयो । रासस

प्रकाशित मिति: १४ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्