भोजपुरमा ठगी गर्ने छ जना भारतीय नागरिक पक्राउ


 


भोजपुर, १३ पुस

ठगी गर्दै आएका ६ भारतीय नागरिकको समूहलाई प्रहरीले आज पौवादुम्मा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।

सुन सफा गरिदिन्छौँ भन्दै स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै आएका उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारतको मोतीहारी घोडासहन–१४ का लवकुश शाह, जीतेन्द्र शाह, शरणकुमार शाह, रवीन्द्र शाह, रमेश कुमार र राकेश कुमार रहेका छन् ।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्