भगवान शिव जी का यस्ता छन् रहस्यहरु !
भगवान् शिवलाई आदीश पनि भनिन्छ । शंकर, रुद्र, महादेव, भोलेनाथ, आदिनाथ आदि विभिन्न नामले चिनिने शिवका रहस्य केकस्ता छन् ? हेरौँ :
आदिनाथ शिव
सर्वप्रथम शिवले नै पृथ्वीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका हुन् त्यसकारण उनलाई आदिदेव भनिन्छ । आदिको अर्थ हहो सुरु वा प्रारम्भ । सबैभन्दा पहिलो ईश्वर भएकै कारण उनलाई आदीश भनिएको हो ।
शिवका शस्त्रअस्त्र
शिवका अनेकौं शस्त्रअस्त्रमध्ये पिनाक धनुष, भवरेन्दु तथा सुदर्शन चक्र, पाशुपतास्त्र एवं त्रिशूल प्रमुख मानिन्छन् । यी सबै शस्त्रअस्त्रको निर्माण समेत शिव स्वयंले गरेको मानिन्छ ।
शिवको नाग
शिवको घाँटीमा सदैव एउटा नाग बेरिइरहेको हुन्छ । उक्त नागको नाम वासुकी हो । वासुकीको दाजुको नाम शेष नाग हो जो भगवान् विष्णुको शैयाका रूपमा रहन्छन् ।
शिवकी अर्धागिंनी
शिवको पहिली पत्नीको नाम हो सती । उनै अर्को जन्ममा पार्वतीका रूपमा जन्मिएकी थिइन् । पार्वतीलाई उमा, उर्मि, काली आदि नामले समेत चिनिन्छ ।
शिवका पुत्र
शिवका छ जना पुत्र प्रमुख मानिन्छन् । उनीहरू हुन्( गणेश, कार्तिकेय कुमार, सुकेश, जलन्धर, अयप्पा एवं भूमा । सबैको जन्मकथा रोचक छ ।
शिवका शिष्य
शिवका ७ जना शिष्य छन् जसलाई सप्तषिर् भनिन्छ । यिनै सात ऋषिले नै शिवको ज्ञानलाई सम्पूर्ण विश्वमा प्रचारप्रसार गरे । शिवकै ज्ञानको आलोकमा भिन्न भिन्न धर्म संस्कृतिको उदय भएको मानिन्छ । गुरु(शिष्य परम्पराका प्रारम्भकर्ता पनि शिवलाई नै मानिन्छ । अंगिरा, शिालाक्ष, शुक्र, बृहस्पति, सहस्राक्ष, महेन्द्र, प्राचेतस मनु, भरद्वाज, परशुराम तथा गौरशिरस मुनि आदि पनि शिवकै शिष्य थिए ।
शिवका गण
शिवका गणमा भैरव, वीरभद्र, मणिभद्र, चण्डिश, नन्दी, भृङ्गी, श्रृंगी, ऋटि, शैल, गोकर्ण, घण्टाकर्ण आदि प्रमुख मानिन्छन् । यसबाहेक भूत, प्रेत, पिशाच, योगिनी, शाकिनी, शाकिनी, दैत्य, नागनागिनी तथा पशुहरूलाई समेत शिवगण मानिन्छ । शिवकै गण नन्दीले कामशास्त्रको रचना गरेका थिए जसको आधारमा पछि वात्स्यायनले कामसूत्र लेखेका हुन् भन्ने विश्वास गरिन्छ ।
शिव पञ्चायत
भगवान् सूर्य, गणेश, देवी, रुद्र एवं विष्णुलाई शिव पञ्चायत भनिन्छ ।
शिवका द्वारपाल
नन्दी, स्कन्द, ऋटि, वृषभ, भृंगी, गणेश, उमामहेश्वर एवं महाकाललाई शिवको द्वारपाल मानिन्छ ।
शिवका पार्षद
जय र विजयलाई विष्णुको पार्षद मानिए झैं वाण, रावण, चण्ड, नन्दी, भृंगी आदि शिवका पार्षद मान्छिन् ।
सबै धर्मका केन्द्र शिव
शिवको वेशभूषा नै यस्तो छ कि त्यसबाट प्रत्येक धर्मका मानिसहरूले आप्mनो प्रतीक भेट्न सक्छन् । मुसरिक, यजिदी, साबिईन, सुबी, इब्राहिमी आदि धर्महरूमा शिवको छाप स्पष्ट रूपले पाउन सकिन्छ । शिव शिष्यहरूबाट चल्दै आएको परम्पराबाटै पछि शैव, नाथ, सिद्ध, दिगम्बर एवं सुफी सम्प्रदाय विकास भएको पाइन्छ ।
बौद्ध धर्ममा प्रभाव
बौद्ध साहित्यका मर्मज्ञ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान् प्रोफेसर उपासका का विचारमा शंकरले नै बुद्धका रूपमा जन्म लिएका हुन् । उनले पाली भाषाका ग्रन्थमा वणिर्त २७ जना बुद्धको उल्लेख गर्दै भनेका छन् कि ती २७ मध्ये बुद्धको ३ नाम तणंकर, शणंकर एवं मेघंकर अतिप्राचीन हुन् ।
सुरासुरपुजित शिव
भगवान् शिवलाई देवताका साथै असुर, दानव, राक्षस, शिाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्ने साक्ष्य उपलब्ध छ । शिव रावण तथा राम दुवैलाई वरदान दिन्छन् । उनले भस्मासुर, शुक्राचार्य आदिलाई पनि इच्छित वरदान दिएका छन् । शिव सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म एवं समाजका सर्वोच्च देवता हुन् ।
शिवको चिह्न
शिवलाई साधारण पत्थरमै समेत पुजिएको पाइन्छ । रुद्राक्ष एवं त्रिशूललाई शिवको चिह्न मानिन्छ । कसैले ढमरु तथा अर्धचन्द्रलाई पनि शिवकै चिह्न मानेका छन् । धेरैजसो मानिसले भने शिव लिंग अर्थात् शिवको ज्योतिको पूजा गर्ने गरेका छन् ।
शिवको गुफा
भस्मासुरबाट बच्नका लागि आफ्नो त्रिशूलबाट त्रिकुटा पहाडमा गुफा बनाएर बसेका थिए शिव । त्यसैगरी पार्वतीलाई अमर ज्ञान दिएको गुफालाई अहिले अमरनाथ भनिन्छ ।
शिवको पदचिह्न
शिवको पाइला श्रीलंकाको रत्नद्वीप पहाडको टाकुरास्थित श्रीपद मन्दिरमा पाइन्छ । यो पदचिह्न ५ फिट ७ इन्च लामो तथा २ फिट ६ इन्च चौडा छ । यो स्थानलाई सिवानोलीपदम भन्छि । कसैकसैले उक्त पाइला भएको टाकुरालाई एडम पिक भन्ने गर्छन् ।
यसबाहेक तामिलनाडुको नागपट्टीनममा रुद्र पदम का नामले चर्चित पाइला छ । त्यस्तै थिरुवन्नमलाई, उत्तराखण्डको जागेश्वर, झारखण्डको राँची हिल तथा असमको तेजपुर आदि स्थानमा समेत शिवको पाइलाको चिह्न छ ।
शिवको तलाउ
समुद्र मन्थन गर्दा निस्किएको कालकूट विष पिएपछि डाहले छटपटिएका शिवले नेपालको रसुवामा पुगेर त्रिशूल प्रहार गरे । त्रिशूल प्रहारबाट निस्किएको पानी तलाउ बनेपछि त्यसैभित्र बसी आराम गरे भन्ने विश्वास पाइन्छ । अहिले उक्त तलाउ गोसाइँकुण्डका नामले प्रसिद्ध छ । प्रसिद्ध त्रिशूली नदी त्यही तलाउबाट निस्किएको हो ।
शिवको अवतार
वीरभद्र, पिप्लाद, नन्दी, भैरव, महेश, अश्वत्थामा, शरभ, गृहपति, दुर्वासा, हनुमान, वृषभ, यतिनाथ, कृष्णदर्शन, अवधूत, भिक्षुवर्य, सुरेश्वर, किरात, सुनटनर्तक, ब्रह्मचारी, यक्ष, वैजनाथ, द्विजेश्वर, हंसरूप, नटेश्वर आदि शिवका अनेक अवतार छन् । यी बाहेक वेदमा उल्लेख गरिएका एकादश रुद्र पनि शिवकै अवतार मानिन्छन् । एकादश रुद्र हुन्( कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड तथा भव ।
विरोधाभाषी परिवार
शिवका पुत्र कार्तिकेयको वाहन मयुर हो भने शिवको गलामा नाग छन् । मयुर र सर्प प्राकृतिक दुस्मन हुन् । यसैगरी गणेशको वाहन मुसो हो, सर्प मुसे खाने जीव हो । पार्वतीको वाहन सिंह हो भने शिवको वाहन साँढे हो । साँढेलाई सिंहले खाइदिन्छ । यसरी शिवको परिवार विरोधाभाष तथा वैचारिक भिन्नताका बाबजुद पनि एकतामा बाँधिएको देखिन्छ ।
निवास स्थान
शिव कैलाश पर्वतमा वास गर्छन् जुन अहिले तिब्बतमा पर्छ । शिव जहाँ बस्छन् त्यसको ठीक मुनि पाताल पर्छ जुन विष्णुको निवास हो । शिवको आसनमाथि वायुमण्ढलभन्दा पर स्वर्गलोक तथा ब्रह्माको स्थान छ भन्ने मानिन्छ ।
शिव भक्त
भगवान् विष्णु, ब्रह्मा सहित सबै देवताका साथै राम तथा कृष्ण पनि शिवभक्त हुन् ।
शिवध्यान
शिवको भक्तिका लागि शिवको ध्यान तथा पूजा गरिन्छ । मान्यताअनुसार शिवंलिंगमा बेलपत्र चढाएर त्यसको नजिक बसी मन्त्रजप वा ध्यान गर्नाले मोक्षमार्ग खुल्न सुरु हुन्छ ।
शिव मन्त्र
शिवको मन्त्र दुईवटा छन्( पहिलो हो, ॐ नमः शिवाय । र दोस्रो हो महामृत्युञ्जय मन्त्र अर्थात् ॐ ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिवबन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।
शिव व्रत तथा पर्व
सोमबार, प्रदोष तथा साउन महिनामा शिवको व्रत गरिन्छ । महाशिवरात्रि शिवको प्रमुख पर्व हो ।
शिव प्रचारक
भगवान शंकरको परम्परालाई उनका शिष्य बृहस्पति, विशालाक्ष ९शिव०, शुक्र, सहस्राक्ष, महेन्ऽ, प्राचेतस मनु, भरद्वाज, अगस्त्य मुनि, गौरशिरस मुनि, नन्दी, कार्तिकेय, भैरवनाथ आदिले अघि बढाए । यसका साथै वीरभद्र, मणिभद्र, चण्डिश, नंदी, श्रृंगी, भृगि, ऋटि, शैल, गोकर्ण, घण्टाकर्ण, बाण, रावण आदिले पनि शैव मतको प्रचार गरे । यो परम्परामा आदिगुरु भगवान दत्तात्रेय पनि पर्दछन् भने पछि शंकराचार्य, मत्स्येन्ऽनाथ तथा गुरु गोरखनाथको नाम अग्र पंक्रिमा आउँछ ।
शिव महिमा
शिवले कालकूट विष पिए । भस्मासुरलाई वरदान दिए भने कामदेवलाई भष्म पारे । शिवले गणेश तथा दक्षको शिर जोडेका थिए । ब्रह्माले छल गरेपछि उनको पाचौँ शिर काटिदिएका थिए ।
शैव परम्परा
दसनामी, शाक्त, सिद्ध, दिगंबर, नाथ, लिंगायत, तमिल शैव, कालमुख शैव, कश्मीरी शैव, वीरशैव, नाग, लकुलीश, पाशुपत, कापालिक, कालदमन एवं महेश्वर सबै शैव परम्परा हुन् । चन्ऽवंशी, सूर्यवंशी, अग्निवंशी तथा नागवंशी पनि शिवकै परम्परा मानिन्छन् । असुर, राक्षस एवं आदिवासी जातिका आराध्य देव शिव नै हुन् । शैव धर्मलाई आदिवासीको धर्म मानिन्छ ।
शिवको प्रमुख नाम
शिवका नाम त धेरै छन् जसको उल्लेख पुराणहरूमा पाइन्छ । तीमध्ये प्रमुख नाम हुन्( महेश, नीलकण्ठ, महादेव, महाकाल, शंकर, पशुपतिनाथ, गंगाधर, नटराज, त्रिनेत्र, भोलेनाथ, आदिदेव, आदिनाथ, त्र्यम्बक, त्रिलोकेश, जटाशंकर, जगदीश, प्रलयंकर, विश्वनाथ, विश्वेश्वर, हर, शिवशंभु, भूतनाथ एवं रुऽ ।
तन्त्रको मूल स्वरूप
शिवले पार्वतीलाई मोक्ष हेतु अमरनाथ गुफामा दिएको ज्ञान अहिले अनेकानेक शाखामा विभक्त भएको छ उक्त ज्ञान ज्ञानयोग तथा तन्त्रको मूल सूत्रमा पाइन्छ । ‘विज्ञान भैरव तन्त्र’ एक यस्तो ग्रन्थ हो जसमा भगवान् शिवले पार्वतीलाई प्रदान गरेको १ सय १२ सूत्रहरूको संकलन छ ।
शिव ग्रन्थ
वेद तथा उपनिषद सहित विज्ञान भैरव तंत्र, शिव पुराण एवं शिव संहितामा शिवको सम्पूर्ण शिक्षादीक्षा समेटिएका छन् । तन्त्रका अनेकौं ग्रन्थहरूमा उनको शिक्षा विस्तारित छन् ।
शिवलिंग
वायु पुराणका अनुसार प्रलयकालमा समस्त सृष्टि जसमा लीन हुन्छ र पुनः सृष्टिकालमा जसबाट प्रकट हुन्छ त्यसैलाई लिंग भनिन्छ । यस हिसाबले विश्वको सम्पूर्ण ऊर्जा नै लिंगको प्रतीक हो । वस्तुतः यो सम्पूर्ण सृष्टि विन्दु(नाद स्वरूप छ । विन्दु शक्ति हो भने नाद शिव । विन्दु अर्थात् ऊर्जा तथा नाद अर्थात ध्वनि । यही दुई कुरा नै सम्पूर्ण ब्रहृमाण्डको आधार हो । यसैकारण प्रतीक स्वरूप शिवलिंगको पूजाअर्चना गरिन्छ ।
बार्ह ज्योतिर्लिंग
सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ॐकारेश्वर, वैद्यनाथ, भीमशंकर, रामेश्वर, नागेश्वर, विश्वनाथजी, त्र्यम्बकेश्वर, केदारनाथ र घृष्णेश्वर । ज्योतिर्लिंगको उत्पत्ति सम्बन्धममा अनेकौं मान्यता प्रचलित छन् । ज्योतिर्लिंग अर्थात् व्यापक ब्रहृमात्मलिंग , जसको अर्थ हो व्यापक प्रकाश । जो शिवलिंगका के बारह खण्ड हुन् । शिवपुराणका अनुसार ब्रहृम, माया, जीव, मन, बुद्धि, चित्त, अहंकार, आकाश, वायु, अग्नि, जल और पृथ्वीलाई ज्योतिर्लिंग वा ज्योति पिंड भनिन्छ ।
शिवको दर्शन
शिवको जीवन तथा दर्शनलाई जसले यथार्थ रूपले बुझेका छन् तिनै सही बुद्धिवाला एवं यथार्थ अंगीकार गर्ने शिवभक्त हुन् । शिवको दर्शनले भन्छ : यथार्थमा बाँच, वर्तमानमा बाँच, चित्तवृत्तिहरूसँग नलड, तिनलाई द्रष्टा भएर हेर अनि कल्पनालाई पनि यथार्थका लागि उपयोग गर ।आइन्स्टाइनभन्दा पहिले शिवले नै भनेका थिए कि कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण छ ।
प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार