जन्मकैदको सजाय पाएका मेयर कुशवाहले पाए सफाइ


 


काठमाडौँ, पुस १३

सर्वोच्च अदालतले हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियराम कुशवाहालाई सफाइ दिएको छ।

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको इजलासले जन्मकैदको सजाय पाएका कुशवाहलाई सफाइ दिएको हो। जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले २०७४ फागुन २८ गते सियारामलाई जन्मकैदको फैसला सुनाएको थियो।

यसअघि तिवारीको हत्या अभियोगमा चार वर्षपहिले नै पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए। तर चार वर्षपछि जिल्ला अदालतको उक्त फैसालालाई उल्टाउँदै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैद हुने ठहर गरेको थियो।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्