उर्लाबारी क्याम्पसमा भएको रक्तदानमा ३४ पिन्ट रगत संकलन


 


उर्लाबारी,  पुस १३

मोरङको उर्लाबारीस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा आज भएको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ । युथ रेडक्रस सर्कल उर्लाबारीले आयोजना गरेको रक्तदानमा बिद्यार्थी, शिक्षक, अभिभावक लगायत गरी ३४ जनाले रगत दान गरेका थिए ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोगमा भएको थियो । यस्तै अरनिको हस्पिटल उर्लाबारीको सहयोगमा भएको स्वास्थ्य जाँच शिविरमा ६१ जना बिद्यार्थीले स्वास्थ्य जाँच गराएको सर्कलका अध्यक्ष सुजित जसवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्