नेकपा स्थायी कमिटि बैठक आजपनि बस्दै


 


काठमाण्डौँ, पुस १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बिहान पुन ः बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको संयुक्त राजनीतिक प्रतिवेदन हिजो पारित हुन नसकेपछी आज बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले स्थायी कमिटिका सदस्यहरुले उठाएका विषयमा आफ्नो जवाफ दिएपछि यसलाई पारित गर्न आह्वान गर्नुभएको थियो तर यसलाई परिमार्जन नगरी पारित नहुने अवाज उठेपछि आज पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।

अध्यक्ष ओलीले अहिले पार्टी एकता ऐतिहासिक भएको र त्यसलाई सुदृढ गर्दै एकताबद्ध ढंगबाट अगाडि बढाउन सबैमा आह्वान गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकारहरुसँग कुरा गर्दै उहाँले पार्टी र सरकारले अहिले आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय हित र स्वाभिमानलाई कुनै पनि हालतमा नछोड्ने कुरा अध्यक्ष ओलीले बैठकमा राखेको बताउनुभयो ।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्