जेसीजका नवनिर्वाचित अध्यक्ष पौडेललाई वधाई


 


इटहरी, पुस १२

नेपाल जेसीजका नवनिर्वाचित अध्यक्ष महेश पौडेललाई इटहरीवासीको तर्फवाट इटहरी उपमहानगरपालिकाले वधाई ज्ञापन गरेको छ । एक कार्यक्रम गरि नेपाल जेसीजको जनकपुरमा सम्पन्न अधिवेशन वाट अध्यक्षमा निर्वाचित इटहरी ६ का पौडेललाई वधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा मेयर द्वारिकलाल चौधरीले इटहरीका मात्र होइन देशकै युवाको क्षमता अभिवृद्धिका लागि पौडेलको कार्यकाल महत्वपूर्ण हुने अपेक्षा गर्नुभयो । उपमेयर लक्ष्मी गौतमले १३ बर्षपछि इटहरीले पून जेसीजको राष्टिय अध्यक्ष पाएको वताउदै वधाई ज्ञापन गर्नुभयो ।

इटहरी ६ का वडाध्यक्ष दीपक गौतमले इटहरीमा जेसीजले क्षेत्रीय स्तरको तालिम केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल जेसीजका अध्यक्ष महेश पौडेलले वधाई ग्रहण गर्दै ६० लाख युवाको भविश्य निर्धारण गर्ने सस्थाको अध्यक्ष भएकाले गम्भीर ढंगले अघि वढने प्रतिवद्धता जनाउनुभयो ।

पौडेल इटहरीवाट जेसीजको राष्टिय अध्यक्ष वन्ने दोश्रो ब्यक्ति हुनुहुन्छ ।इटहरीका अर्जुन प्रसाँई १३ बर्षअघि जनकपुर अधिवेशन वाटै जेसीजको अध्यक्ष वन्नुभएको थियो ।

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्