उर्लाबारीमा १५ वर्षिया बालिकामाथि बलात्कार, एक युवक पक्राउ


 


उर्लाबारी, पुस १२

मोरङको उर्लाबारी नगरपालिकामा १५ वर्षिया बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा आज एक युवक पक्राउ परेका छन् । अर्का एक फरार रहेका छन् ।

हिजो साँझ उर्लाबारी – १ स्थित मनोहर सामुदायिक वन नजिकै बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २४ वर्षिय गोपाल दनुवार पक्राउ परेका हुन् ।

अर्का युवक सोही ठाउँका २३ वर्षिय बिटु भनेर चिनिने धिरज श्रेष्ठ फरार रहेका छन् । बालिकालाई करणी गरेको विषयमा आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीमा खबर आएपछि प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आरोपी दनुवारलाई दिउँसो १२ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका दनुवार र फरार रहेका श्रेष्ठ बिरुद्ध आजै जिल्ला अदालत मोरङमा जर्बजस्ती करणी मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्