वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ


 


इलाम, पुस १२

इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्