केचनकवल पर्यटकीय महत्व बोकेपनि विकासका हिसाबले पछि


 


झापा, पुस १२

नेपालको सबैभन्दा होचो स्थान झापाको केचनकवल पर्यटकीय महत्व बोकेपनि विकासका हिसाबले पछि परेको छ । समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो केचनकवल ।

राजवंशीले ‘झिल’लाई केचना भन्छन् । केचनाको पुरानो नाम ‘छट झिल’ भएको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउनुहुन्छ । २०४४ सालमा राजा वीरेन्द्र हेलिकप्टर लिएर यहाँ आउँदा सिमेन्टको एउटा स्तम्भ अनावरण भएको थियो ।

त्यही स्तम्भ नै आज होचो ठाउँको चिनो भएको छ । पुरानो नाम ‘छट झिल’लाई राजा वीरेन्द्रले नै ‘कचनकवल’ भनी नयाँ नामाकरण गरिदिएको हुनसक्ने स्थानीयको भनाइ छ । भद्रपुर एयरपोर्टबाट २९ किलोमिटर दक्षिणमा रहेको यस ठाउँमा जान सडक र यातायातको सुविधा भनेजस्तो सहज छैन । रासस

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्