बिद्यार्थीलाई स्विटर वितरण


 


पथरी, पुस १२

मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित सुनाखरी माविका १ सय जना विद्यार्थीहरुलाई आज स्विटर वितरण गरिएको छ । माविले आफ्नो स्थापनाको २५ औं वर्ष पार गरेको अवसरमा आयोजना हुने ३ दिने कार्यक्रमको जानकारी समेत गराउँदै आज पत्रकार सम्मेलनमार्फत १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।

वडा नं. १ का अध्यक्ष बाबुराम याङ्देन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चाम्लिङ, लोक गायक वीरध्वज शिवा, विद्यालयको अक्षयकोषका संरक्षक प्रदीपकुमार राई लगायतले स्विटर वितरण गर्नुभएको थियो ।

१ नम्वर वडा कार्यालयको रु १६ हजार ४ सय र विद्यालयको अक्षयकोषबाट रु १० हजार गरी जम्मा रु २६ हजार ४ सय वरावरको स्विटर खरिद गरिएको थियो ।

बिं सं. २०४९ मा स्थापित विद्यालयले भोलीदेखि विभिन्न कार्यक्रम गरी रजतजयन्ती मनाउने प्रधानाध्यापक केशवप्रसाद लामिछानेले जानकारी दिनुभयोे । ३ सय जना विद्यार्थी अध्ययन गर्दै आएको सो विद्यालयमा कक्षा ४ सम्म अग्रेजीमाध्यममा पठनपाठन हुँदै आएको छ ।

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्