अमेरिकी राष्ट्रपति आकस्मिक इराकमा


 


एजेन्सी, पुस १२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक इराक पुगेका छन् । क्रिसमसको दिन अबेर राति उनी इराक पुगेर त्यहाँ रहेका अमेरिकी सैनिकलाई क्रिसमसको शुभकामना दिएका थिए ।

उनीसँगै प्रथम महिला मेलानिया ट्रम्प र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनपनि थिए । उनले त्यहाँ रहेका आफ्ना सैनिक अधिकारीहरुसँग कुरा गर्दै इराकबाट अमेरिकी सेना फिर्ता गर्ने कुनै योजना नरहेको बताए । उनले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने प्रसंगको भने बचाव गरेका थिए ।

उनी एयरफोर्स वन बिमानमा चढेर इराकको राजधानी बग्दादको पश्चिममा रहेको अल असद एयरबेसमा ओर्लिएका थिए । उनी तीन घण्टा सम्म सैनिकहरुसँगको भलाकुसारीमा सामेल भए । उनले सैनिकहरुलाई अटोग्राफ दिनुका साथै सेल्फीपनि खिचेका थिए ।

प्रकाशित मिति: १२ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्