कटेरोमा एक्लै बस्दै आउनु भएकी बृद्धालाई विराटेश्वर आश्रम लगियो


 


उर्लाबारी, पुस ११

मोरङको उर्लाबारी नगरपालिका–१ स्थित कान्छी चोकमा सामान्य कटेरोमा एक्लै बस्दै आउनु भएकी बृद्धा हर्कमाया श्रेष्ठको उद्दार गरिएको छ ।

आज सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, पूर्वअध्यक्ष घनश्याम भण्डारी, पत्रकार सुमन घिमिरे र स्थानीय शिक्षक रमेश श्रेष्ठको पहलमा विराटेश्वर आश्रम विराटनगर लगिएको हो । उर्लाबारी वडा नं. १ को सिफारिसमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको उपस्थितिमा बृद्धालाई आश्रमतर्फ लगिएको छ ।

उर्लाबारी–७ स्थित गोदावरी हस्पिटलका सञ्चालक प्रकाश चौहानले बृद्धालाई विराटनगर पु¥याउन एम्बुलेन्सको ब्यवस्था गरिदिनुभएको थियो भने भने स्थानीयबासीले ११ हजार रुपैयाँ उठाएर पठाएका छन् ।

श्रेष्ठ आफ्ना पालनपोषण गर्ने कोहि सन्तान नहुँदा बृद्धावस्थामा कष्टकर जिवनयापन गर्दै आउनुभएको थियो । उहाँलाई गाउँलेहरु आफैँले खान पकाएर दिने गरेका थिए । जाडोको मौसममा उहाँले कष्टपुर्ण रुपमा रात बिताउँदै आउनुभएको थियो ।

प्रकाशित मिति: ११ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्