आगलागी पिडित थापालाई राप्रपा उर्लाबारीको आर्थिक सहयोग


 


उर्लाबारी, पुस ११

मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारीले आर्थिक सहयोग गरेको छ ।

पार्टीका नगर अध्यक्ष देवीप्रसाद दाहालले उर्लाबारी ७ का वडाध्यक्ष विरवल थापालाई रु १५ हजार हस्तान्तण गर्नुभएको थियो । सो रकम स्थानीय राप्रपाका नेता एवम् कार्यकर्ताबाट संकलन गरिएको थियो ।

सो कार्यक्रममा राप्रपाका प्रदेश नं. १ सदस्य पूर्ण वाईवा, मोरङ क्षेत्र नं. १ का अध्यक्ष होमनाथ गौतम, क्षेत्रिय उपाध्यक्ष जंगबहादुर कार्की, मोरङ जिल्ला सदस्य राजेन्द्र कार्की, क्षेत्रिय सचिव एलबिन भट्टराई र राप्रपा उर्लाबारी वडा नं. ८ का अध्यक्ष राजेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।

सो अवसरमा पार्टीका नगर अध्यक्ष दाहालले आगलागी पिडित थापाका लागि आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । थापाको घरमा सोमबार साँझ आगलागी हुँदा उहाँकी ४५ वर्षिया बुहारी रिना थापाको मृत्यु भएको थियो भने घर पुरै जलेर नष्ट हुँदा रु ५ लाख बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति: ११ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्