देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित


 


काठमाण्डौँ, पुस ११

देशभरी नै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि माथिल्लो हिमाली क्षेत्रका विद्यालय बन्द छन् भने काममा निस्कनेलाई पनि समस्या भएको छ ।

जुम्लाको तापक्रम माइनस ७ दशमलव २, जीरीको माइनस ३ दशमलव २ डिग्री र जोमसोमको माइनस २ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको भने आज बिहानको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । पश्चिमी वायुको प्रभावले आज पहाडी भूभागको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् ।

आज पश्चिमी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आजभन्दा भोली देशभरी कै मौसम बदली भइ केही ठाउँमा पानी पर्ने संभावना छ ।

प्रकाशित मिति: ११ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्