जापानले नेपाली कामदार लैजाने, पारिश्रमिक ३ लाख


 


काठमाडौँ, पुस १०

जापानले नेपाली कामदार लैजाने भएको छ । नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय जापानले गरिएको हो । मंगलवारदेखि जापान सरकारले लागु गरेको नयाँ नीति अन्तर्गत जापानमा विदेशी कामदारका लागि जापान खुल्ला भएको छ ।

जापान सरकारले विदेशीबाट पहिलो ५ वर्षमा तीन लाख भन्दा बढी कामदार लैजाने निर्णय गरेको छ । जापानले नेपाल,थाइल्यान्ड,चीन, भियतनाम,इण्डोनेसिया, मंगोलिया लगाएत ९ देशबाट कामदार लैजाने भएको हो ।

विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । नेपाली कामदारले पाउने पारिश्रमिक भने महिनामा ३ लाख नेपाली रुपैयाँ रहनेछ ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्