मिक्लाजुङमा पनि मनाईयो क्रिसमस डे


 


मिक्लाजुङ, पुस १०

इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे आज मोरङको मिक्लाजुङमा पनि मनाईएको छ । मिक्लाजुङ – ७ मा रहेको लेटरेन रिभाईबल चर्चको आयोजनामा भएको कार्यक्रममा केक काटेर उत्साहपूर्वक येशु ख्रीष्टको जन्मोत्सव मनाईएको थियो ।

सो अवसरमा शूभकामना आदानप्रदान गर्नुका साथै सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सरला राईको प्रमुख आतिथ्यता तथा चर्चका पाष्टर प्रबेश कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मिक्लाजुङ गाउँपालिकामा १९ वटा चर्च रहेका छन् भने १२ सय जना इसाई धर्मका अनुयायीहरु रहेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । देशभरका चर्चमा आज प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्