उर्लाबारीका किशोरीहरुलाई आत्मरक्षा तालिम


 


उर्लाबारी, पुस १०

महिला हिंसा विरुद्ध विद्यालय तहमा रहेका किशोरीहरुलाई जागरूक गराउने उदेश्यले आजदेखी मोरङको उर्लाबारीमा आत्मरक्षा तालिम सुरु गरिएको छ ।

के आई एफ कुरोदय मार्सल आर्ट संघ मोरङको आयोजना र उर्लाबारी नगरपालिकाको सहयोगमा राधिका माबी उर्लाबारी – ६ मा सुरु भएको तालिममा नगरका निजी एवम् सामुदायिक बिद्यालयका १ सय २५ जना किशोरीको सहभागिता रहेको आयोजकका अध्यक्ष टीका भट्टराईले जानकारी दिनुभयो । सो तालिमको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले गर्नु भएको थियो ।

उद्घाटन सत्रमा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, कुरोदय मार्सल आर्ट संघका केन्द्रिय अध्यक्ष विद्या चाम्लिङ, उर्लाबारी –६ का अध्यक्ष चिन्तामणी पौडेल ,राधिका माबिका अध्यक्ष चन्द्रबहादुर राई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्