आगलागी पिडित थापालाई उर्लाबारी रेडक्रसको राहात सामाग्री


 


उर्लाबारी, पुस १०

मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाले आज राहात सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्ला शाखाको समन्वयमा उर्लाबारी उपशाखाले आगलागी पिडित थापालाई खाद्यान्न, भाडापर्वन, लत्ताकपडा, त्रिपाल,कम्बल लगायतका सामाग्री नगर प्रमुख खड्ग फागोले हस्तान्तरण गरेको उपशाखा सभापति मदनबाबु प्रसाईले जानकारी दिनुभयो ।

थापाको घरमा हिजो साँझ आगलागी हुँदा उहाँकी ४५ वर्षिया बुहारी रिना थापाको मृत्यु भएको थियो भने घर पुरै जलेर नष्ट हुँदा रु ५ लाख बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्