अफगानिस्तानको मन्त्रालय परिषरमा आत्मघाती आक्रमण हुँदा २८ जनाको मृत्यु


 


एजेन्सी, पुस १०

अफगानिस्तानको राजधानी काबुलमा रहेको मिनिस्ट्री अफ पब्लिक वर्क्सको परिषरमा बिस्फोट तथा गोली प्रहार भएको छ । आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

कार्यालयको परिषरभित्र बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउनुका साथै आत्मघाती बम बिस्फोट गराएको सरकारी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । मन्त्रालयको प्रवेशद्वारमा आत्मघाती कार बम बिस्फोट भएपछि अन्धाधुन्ध गोली प्रहार शुरु भएको थियो ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्