नेपाल –भारत विद्युत् आदान प्रदान समितिको बैठक बस्दै


 


काठमाडौँ, पुस १०

आजदेखि नेपाल भारत विद्युत् आदान प्रदान समितिको बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । बैठकका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डल आज दिल्ली प्रस्थान गर्ने भएको छ ।

भोलीसम्म चल्ने बैठकमा इनर्जी बैंकिङ, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल हुनेछ । बैठकमा विद्युत् आदान प्रदानलगायत विषयमा छलफल हुने र बाँकी रहेका विषय ऊर्जा सचिवस्तरीय संयन्त्रमा छलफल हुनेछ ।

माथिल्लो तामाकोशीलगायत जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि वर्षाको विद्युत् भारतमा पठाएर इनर्जी बैंकिङ गराउने सोचमा सरकार रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् आदानप्रदान समितिको बैठक आजदेखि हुन लागेको र त्यसमा नेपालको चासोका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति: १० पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्