उर्लाबारीमा आगलागी, एक जनाको जलेर मृत्यु (भिडियो सहित)


 


उर्लाबारी, पुस ९

मोरङको उर्लाबारी नगरपालिका – ७ मा आज साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । साँझ ६ : ३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा आगोले जलेर बुहारी ४५ वर्षिया रिना थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

आगलागीको समयमा घरमा ८४ वर्षिय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयबासी र प्रहरीले उद्धार गरेपनि बुहारी कोठामा चुक्कुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा ससुरा रामबहादुर र बुहारी रिनासँगै नाती २५ वर्षिय हेमन्त थापा बस्दै आएका थिए । आगलागीको समयमा हेमन्त भने घर बाहिर रहेका थिए । आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु ५ लाख बराबरको क्षति भएको छ ।

आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

 

 

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्