युनिभर्सल युथ ग्रुपद्धारा पथरीशनिश्चरेमा जनचेतनामुलक कार्यक्रम


 


मोरङ, पुस ९

मोरङको उर्लावारीस्थित युनिभर्सल युथ ग्रुपले पथरीशनिश्चरेका विद्यार्थीहरुको सहभागितामा आज लागूऔषध दुव्र्यसन सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

पथरीको प्रस्वावित रंगशालामा विभिन्न विद्यालयका १ हजार बढी विद्यार्थीको उपस्थितिमा भएको कार्यक्रममा प्रथागत रुपमा आएका मान्यता तथा लागू औषधको दुव्र्यसनले युवा पुस्तामा असर पारेको उल्लेख गर्दै जनचेतनामुलक नाटक समेत प्रदर्शन भएको छ ।

आरम्भ डवली रतुवामाईको प्रस्तुति रहेको नाटक ‘अँध्यारो सुरुङभित्र’ले युवा पुस्ता दुव्र्यसनमा फसेर वर्वाद भएको कुरा देखाइएको छ । बाबुआमाको व्यस्त जीवनले माया र हेरचाह प्रदान गर्न नसक्दा छोराछोरी दुव्र्यसन हुने गरेको नाटकमा देखाईको छ ।

अर्कातर्फ, माग्दा पैसा दिने तर त्यससको सदुपयोग कसरी भइरहेको छ भन्ने कुरा ख्याल नगर्दा पनि छोराछोरी दुव्र्यसनमा फस्ने गरेको कथा प्रस्तुत भयो । कार्यक्रामा बोल्दै जिल्ला प्रहरी कार्यालयमा प्रमुख मनोजकुमार केसी र पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट बाँस्तोलाले युवा पुस्तालाई कुलतबाट टाढै राखेर देश निर्माणको योजनामा लाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्