नेपालले भारतलाई सात करोडको विद्युत बिक्री गर्यो


 


काठमाण्डौँ, पुस ९

नेपालले यो वर्ष भारतलाई सात करोड रुपैयाँ बराबराबको विद्युत बिक्री गरेको छ ।  नेपालले ४० अर्ब रुपैयाँ बराबरको विद्युत भारतबाट खरिद गरेकोमा १.७५ प्रतिशत बरारबको विक्री खरिद गरेको हो ।

’हामीले विद्युत् किन्छौँ भन्ने मात्रै होइन बेच्न पनि सुरु गरेका छौँ, यो वर्ष सात करोड रुपैयाँ बराबरको विद्युत् बिक्री भएको छ’ ऊर्जा जलस्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनले आज आयोजित कार्यक्रममा भन्नुभयो ’तर, ४० अर्बको विद्युत किन्नुपरेको कारण सात करोड रुपैयाँ हामीले कटाएर पैसा दिएको कारण हल्ला नभएको हो ।’

उहाँले भारतले हालै जारी गरेको विद्युत निर्दे्शिकाले नेपालको विद्युत व्यपारमा सहज भएको बताउनुभयो । यसअघि गरिएका सहमति भारतको तर्फबाट कार्यान्वयनमा आउन नसकेको अवस्थामा यो अहिले जारी गरेको निर्दे्शिकाले ऊर्जासम्बन्धी सम्झौताहरू कार्यान्वयन भएको बताउनुभएको हो ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्