पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफलाई सात वर्षको जेल सजाय


 


एजेन्सी, पुस ९

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भष्ट्राचारको मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । अकाउण्टिबिलिटि कोर्टले आज अल अजिजा मुद्दामा दोषी ठहर गर्दै सात वर्षको जेल सजाय तोकेको हो ।

उनलाई ध्वजाबाहक पानीजहाज खरीद प्रकृयामा भने सफाइ दिइएको छ । अल अजिजा मुद्दामा शरीफलाई २५ मिलियन डलरको जरिवाना पनि सुनाइएको छ । सन् २०१७ मा शरीफ पानामा पेपर काण्डमा मुछिएका थिए ।

नवाज शरीफ र उनका छोरा हुसान र हसान अलअजिजा, ध्वजाबाहक पानीजहाजको लगानी र पानामा पेपर काण्डका मुद्दामा दोषी देखिएका थिए भने शरीफकी छोरी मार्याम र ज्वाई सफदार लण्डनमा फ्ल्याट किनेको विषयमा दोषी देखिएका थिए ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्