खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु


 


खोटाङ, पुस ८

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ। दिक्तेल बजारबाट गएराति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको कालीखोलामा पल्टिँदा दुई जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको हो।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खस्दा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल र सोही ठाउँका २१ वर्षीय माईकल राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो।

गम्भीर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १८ वर्षीय खेमराज भुजेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा आज बिहान मृत्यु भएको हो। ट्याक्टर दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्