सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर बिहानै गयो भूकम्पको परकम्प


 


काठमाडौं, पुस ८

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्पको धक्का उपत्यकामा पनि महशुस गरिएको थियो । केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो । ठूला भूकम्प गइसकेपछि लामो समयसम्म यस्ता परकम्प आइरहने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।

यसअघि गत कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्