किँराती संस्कार, पहिचान र संस्कृति युगयुगसम्म रहिरहनुपर्ने : मुख्यमन्त्री राई


 


मोरङ, पुस ७

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँराती संस्कार, पहिचान र संस्कृति युगयुगसम्म रहिरहनुपर्ने बताउनुभएको छ । मोरङको पथरीशनिश्चरेस्थित सिरिजङ्गा धार्मिक वन र किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समितिद्वारा आज आयोजित चासोक तङ्नाम कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो ।

उहाँले किराती समुदायको संस्कृतिक पहिचानको संरक्षण र विकासमा लाग्नुपर्ने बताउनुभयो । भूगोलको हिसावले १ नम्बर प्रदेश हिमाल, पहाड, तराई मिलेर बनेको र भाषा, लिपि, धर्म, संस्कार संस्कृतिकमा समेत विविधता रहेको बताउनुभयो । प्रदेशमा रहने किरातीलगायतका सबै संस्कार, संस्कृतिलाई साझा बनाउनुपर्ने मुख्यमन्त्री राईको भनाइ छ ।

नयाँ संविधान बनेपछि देश भौतिक विकास र संमृद्धिको दिशामा अघि बढेकोले सबै मिलेर नेपालको पूर्ण विकासमा लाग्नुपर्ने उहाँले बताउनुभयो । आफू भूमिपूजक किरातीको कूलमा जन्मिएकोमा गर्व लाग्ने गरेको समेत राईले बताउनुभयो ।

सिरिजंङ्गा धार्मिक वनका अध्यक्ष गंगा साम्बाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश संसद कुलप्रसाद लिम्बू, सुयोर्माराज राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला लगायतले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति: ७ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्