सञ्चार क्लबको साधारणसभामा चार पत्रकार पुरस्कृत


 


उर्लाबारी, पुस ७

सञ्चार क्लब नेपाल उर्लाबारीको आज भएको १५औँ साधारणसभामा चार जना पत्रकार पुरस्कृत हुनु भएको छ । उर्लाबारी – २ स्थित बेतिनी सिमसारमा भएको साधारणसभामा प्राइम एफ.एम.का समाचारवाचक वर्षा बुढाथोकीसहित चार जना पत्रकार पुरस्कृत हुनुभएको हो ।

क्लबका संस्थापवक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले आफ्ना आमाबुवाको स्मृतिको स्थापना गर्नुभएको रु ५ हजार राशीको दाताराम पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट प्राइम एफ.एम.का समाचार वाचक वर्षा बुढाथोकी र अनमोलमणि साप्ताहिकका सम्पादक मिलन के राउत पुरस्कृत हुनुभएको हो ।

यसैगरी स्थानीय समाजसेवी जयधर्म आचार्यले स्थापना गर्नुभएको रु ५ हजार राशीकै लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट उर्लाबारी पेजका घनश्याम भण्डारी र बेतना एफ.एम. बेलवारीका भोजराज बस्नेत पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत सबैलाई साधारणसभाका प्रमुख अतिथी मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुशल साम्बा लिम्बु र पधकार महासंघ मोरङका अध्यक्ष बन्दु पोख्रेलले पुरस्कृत गर्नुभएको थियो । साधारणसभामा उर्लाबारी – ६ मा क्लबलाई जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई पनि सम्मान् गरिएको थियो ।

साधारणसभामा महासचिव किशोर श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना पेश गर्नुभएको थियो । साधारणसभा क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । २०६० सालमा स्थापना भएको पूर्वी मोरङका पत्रकारहरुको साझा संस्थाको रुपमा सञ्चार क्लबका ५० बढी पत्रकारहरु आबद्ध रहेका छन् ।

प्रकाशित मिति: ७ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्