अमेरिकी रक्षामन्त्रीले दिए राजिनामा


 


एजेन्सी, पुस ६

अमेरिकाका रक्षामन्त्री जिम माट्टिजले बिहीबार राजीनामाको घोषणा गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट २००० अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको भोलिपल्ट जिमले राजीनामाको घोषणा गरेका हुन् ।

ट्रम्पले उच्च सैनिक अधिकारी र राष्ट्रिय सुरक्षा सम्बन्धी अधिकारीहरुको विरोधका बाबजुद उक्त निर्णय गरेको जनाइएको छ । ट्रम्पले ट्विट गर्दै जिमले आगामी फेब्रुअरीको अन्त्यमा अवकाश पाउने जनाएका थिए ।

चाँडै नयाँ रक्षा मन्त्री चयन गरिने समेत उनले उल्लेख गरेका छन् ।  जिमले सार्वजनिक गरेको राजीनामामा थुप्रै विषयमा उनको ट्रम्पसँग असहमति रहेको उल्लेख छ ।

प्रकाशित मिति: ६ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्