कांग्रेसको १४औँ महाधिवेशन फागुन ७ मा गर्न प्रस्ताव


 


काठमाडौँ, पुस ६

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उहाँले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाउनुभयो ।

अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यही पुस १६ गतेदेखि २०७८ वैशाखसम्मका विभिन्न अभियानको तालिका सार्वजनिक गर्नुभएको छ ।

“पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यलाई वैचारिक र साङ्गठनिक प्रशिक्षण दिनुपर्छ, कम्युनिष्टले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्छ”, उहाँको मन्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: ६ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्