ट्याङकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भिर


 


मोरङ, पुस ६

विराटनगर महानगरपालिका –४ बरगाछी चोक स्थित कोशी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २८ प ३८५६ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ४६२३ नंको तेल बोक्ने ट्याङ्कले ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार मोरङ,पथरीशनिश्चरे नगरपालिका – १० बस्ने २२ वर्षिया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षिय मनोज कार्की गम्भिर भएकाले उहाँको हाम्रो अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । मृतक हिमा मनोजको श्रीमती हुन् । ठक्कर दिने ट्याङकर र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय, मोरङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ६ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्