चासोक महोत्सवको तयारी पुरा


 


उर्लाबारी, पुस ५

मोरङको उर्लाबारी–९ स्थित आमबारीको खेलमैदानमा सञ्चालन गर्न लागिएको चासोक महोत्सवको तयारी पुरा भएको छ ।
लिम्बु समुदायको महान चाड चासोक तङनामको अवसरमा आगामी पुस ७, ८ र ९ गते किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारीद्वारा चासोक महोत्सव सञ्चालन गर्न लागिएको हो ।

चासोक महोत्सवको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गर्ने कार्यक्रम तय भएको छ । चर्चित गायक दिपक लिम्बु र डम्बर नेपालीले गीत गाएर चासोक महोत्सवमा सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । त्यस अवसरमा मुन्धुमी गायिका सुनिता थेगिमको समेत प्रस्तुती रहने चुम्लुङका नगर सचिव अमर सेलिङले जानकारी दिए ।

चासोक महोत्सवमा बिभिन्न जातजातिका झाँकीसहित मौलिक नृत्य प्रदर्शन गरिनेछ । महोत्सवमा लिम्बु समुदायको मौलिक संस्कृति धान नाच र च्याब्रुङ नाच प्रस्तुत गरिनुका साथै मारुनी नाच, हुर्रा नाच, धिमाल नाच, डम्फु नाच र सन्थाल नाच समेत समावेश गरिने चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाले जानकारी दिए ।

चासोक महोत्सवमा छेलो हान्ने, डोरी तान्ने, हाँडीफोर, हाई जम्प, लङ जम्प र म्युजिकल चेयर प्रतियोगिता समेत सञ्चालन गरिनेछ । महोत्सवमा विगत बर्ष झैं यसबर्षपनि रोटेपिङ, नाउ रेस, बे्रक डान्स कारलगायतका मनोरञ्जनात्मक खेल तमासाहरु सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित मिति: ५ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्