झापामा अटो रिक्सा बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौती


 


झापा, पुस ४

व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको संख्या बढ्न थालेसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । साँघुरो सडक र अव्यवस्थित रुपमा चल्ने सवारीका कारण दुर्घटनाको जोखिम पनि बढेको छ ।

पछिल्लो समय झापामा अटो रिक्सा ठूलो संख्यामा भित्रिरहेका छन् । सडकको क्षमता कमजोर हुँदा मुख्य बजार र राजमार्गमा ट्राफिक ब्यवस्थापनमा चुनौती देखिन थालेको छ । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रुपमा जभाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्साहरु बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे ट्राफिक प्रहरीको भनाइ छ । अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतना नभएकाले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई बताउनुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्