विपन्न परिवारलाई कम्वल वितरण


 


मोरङ, ४ पुस

मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ३ मा आज कम्वल वितरण गरिएको छ । न्यानो कम्वल वितरण कार्यक्रम अभियान अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा वडा नम्वर २ र ३ का आर्थीक रुपमा गरिब तथा अति विपन्न १६० घरपरिवारलाई कम्वल वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नम्वर ३ मा रहेको काली मन्दिरको प्राङणमा आयोजना गरिएको सो कार्यक्रममा वडा नम्वर ३ का १३० घरपरिवार र वडा नम्वर २ का ३० घरपरिवारलाई ८८ हजार मुल्य वरावरको १६० थान कम्वल वितरण गरिएको कार्यक्रम संयोजक विवेक लिम्वुले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्