उदयपुरमा ७० बर्षका बृद्धले २० बर्षीय युवतीलाई करणी गरे


 


उदयपुर, पुस ४

जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ । २० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका ७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान भन्ने भट्टु दनुवारलाई पक्राउ गरिएको हो ।

दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर करणी गरेको भनि पिडितको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका दनुवारलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्