निधन भएका पूर्व प्रधानमन्त्री गिरीको अन्त्येष्टि आज


 


काठमाडौँ, पुस ४

मंगलबार निधन हुनुभएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि आज विद्युतीय शवदाह गृहमा गरिने भएको छ । आज दिउँसो ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ ।

गिरीले जिवित छँदै लिखित रुपमै आफ्नो अन्त्येष्टि त्यहीँ गर्न ईच्छा राखेका थिए । उहाँको अन्त्यष्टिमा सलामी भने नदिइने भएको छ । गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको हो ।

सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्