उदयपुरमा जलचर लोप हुँदै


 


उदयपुर, पुस ३

उदयपुरको स्थानीय खोलानालामा पाउने माछालगायत जलचर लोप हुँदै गएका छन् । खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्ने र बजार क्षेत्रमा पर्ने खोलाहरुमा प्रदूषण बढ्दै गएपछि स्थानीय जलचर हुँदै गएको हो ।

नदीमा माछा तथा जलचर हराउँदै गएको स्थानीय बुढापाकाहरु बताउँछन् । अधिकांश खोला तथा नदीमा करेन्ट र विषादी प्रयोग गर्ने क्रम बढेपछि माछा तथा जलचर लोप हुँदै गएको चौदण्डीगढी नगरपालिकाकाको त्रियुगा नदी किनारमा बसोबास गर्दै आएका ६० वर्षीय रुपबहादुर माझीले बताउनुभयो ।

‘नदी तथा खोलामा विषादी, करेन्टका साथै बिस्फोटक पदार्थको सहयोगबाट माछा मार्न थालेपछि माछा लोप हुँदै गएको हो,’ माझीले भन्नुभयो, ‘३० वर्षअघि एक घण्टामा झण्डै चार किलो माछा जालमै मारिन्थ्यो, अहिले दिनभरि जाल हान्दा पनि दुई किलो मार्न सकिँदैन ।’ बजारमा पोखरीमा पालेका माछाभन्दा खोलानालामा मारेका माछाको माग बढ्दै गएपनि माछा पाउन छाडेको माझीले बताउनुभयो ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्