मुम्बईको अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु


 


नयाँ दिल्ली, पुस ३

भारतको मुम्बईस्थित इएसआइसी कामगर अस्पतालमा सोमबार आगलागी हुँदा २ महिनाको एक शिशुसहित कम्तिमा ६ जनाको मृत्यु हुुनुका साथै १२९ जना घाइते भएका छन् । विद्युतीय सर्टका कारण सो आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीको उद्धार दलले चिकित्सक, नर्स र बिरामीहरुलाई उद्धार गरेको थियो । बिरामीलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्