नेपालमा भारतीय ठूला नोट बन्द गरिएकोमा भारतमा खैलाबैला


 


बिहार, पुस ३

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका नेता तथा पूर्व संघीय मन्त्री सकील अहमदले नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारको दम्भका कारण भारतीय नोट नेपालमा नचल्ने अवस्था आएको आरोप लगाउँदै समस्या समाधानका लागि तत्काल नेपालसँग कुरा गर्न आग्रह गरेका छन् ।

सोमबार बिहारमा बोल्दै पूर्वमन्त्री अहमदले नेपालसँगको भारतको सम्बन्ध अपरिपक्वता र कुटनीतिमा कमजोर समझदारीका कारण यो अवस्था आएको आरोप लगाउँदै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा गरिएको सम्बोधनका कारण सम्बन्धमा तनाव आएको उनले बताएका छन् ।

प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्नुअघि भारतका विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्रीले जनकपुरमा रहेका भारतीयहरुलाई सम्बोधन गर्न लागेको भनेर मन्तव्य दिएको जनाउँदै भारतका पूर्वमन्त्री अहमदले त्यसो भनेर विदेशमन्त्रीले नेपालका जनतालाई पीडा दिएको जनाएका छन् ।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्