पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन


 


काठमाण्डौ, पुस ३

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍ तुलसी गिरीको आज बिहान निधन भएको छ। ९३ वर्षिय गिरीको बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

कलेजोको क्यान्सरबाट पीडित उहाँ दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएर घर जानुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति: ३ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्