सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकूको मृत्यु


 


एजेन्सी, पुस २

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् ।  यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले जानकारी दिएका छन् ।

फर्याब प्रान्तको ख्वाजामा आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले भिषण सैन्य कारबाही गरिरहेको छ । सेनाका सूचना अधिकृत गुलाम हजरत कारिमीले उक्त प्रान्तमा सैन्य कारबाही अझै जारी रहेको बताउनुभयो ।

यस कारबाहीका सम्बन्धमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । सरकारी सुरक्षा बलसँग युद्धरत तालिबान लडाकू समूहले कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्