पाल्पामा जीप दुर्घटना हुँदा तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु


 


पाल्पा, मंसिर २८

सुत्केरी बोकेर पाल्पाको सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिवार साँझ दुर्घटना हुँदा पाल्पामा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् । पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको मृत्यु भएको हो ।

चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको घटनास्थलमा पुग्नुभएका पूर्वखोला गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्