मोटरसाइकल चालकको मृत्यु


 


मोरङ, मंसिर २७

मोरङको ग्रामथान गाउँपालिका – ६ स्थित सुनसरी–मोरङ सिंँचाई आयोजना अन्र्तगतको नहरको सडकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको ।

राती ११ बजे सो सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ५६४० नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरी, इटहरी उपमहानगरपालिका – ११ बस्ने २२ वर्षिय अक्षय तबदारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका तबदारको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा राती १२ : ३० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २५ वर्षिय नरेश चौधरी गम्भिर घाईते भएकाले उहाँको न्युरो अस्पतालमै उपचार भईरहेको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्